शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च बृद्धि : सुचक तथा कारोबार रकम दुबै बढे

बुधबार, मंसिर ६ २०८०

काठमाडौं- अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने उच्च अंकले बढेको छ । नेप्से आज २० दशमलव ५७ अंकले बढेर १८ सय ५० दशमलव ३३ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १५ अंकले बढेर तीन सय ५४ दशमलव २१ अंकमा चढेको छ । दुई सय ९४ वटा कम्पनीहरुको ४३ हजार पाँच सय ८३ पटकको कारोबारमा ४२ लाख १३ हजार दुई सय ८५ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ४० अंकले बढेर ११ सय ७२ दशमलव ४४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव ३३ अंकले बढेर १९ सय ६० दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय नौंं दशमलव शुन्य छ अंकले बढेर नौं हजार सात सय ८९ दशमलव १० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २२ दशमलव ९८ अंकले बढेर नौं हजार पाँच सय ८९ दशमलव ५७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।