काठमाडौं- नेप्से सामान्य अंकले बढेको छ । तिहार र छठको बिदा पछि आज सोमबार खुलेको नेप्से कारोबार खुलेको केहीसमय उच्च अंकले बढेको थियो । त्यसपछि भने ओरालो लागेको नेप्से अन्तिम समयमा आएर एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ४९ अंकमा सिमित भएको छ । सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य ५० अंकले घटेर तीन सय ५६ दशमलव ५४ अंकमा झरेको छ । दुई सय ८४ वटा कम्पनीहरुको ४४ हजार सात सय २७ पटकको कारोबारमा ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब नौं करोड ९३ लाख १८ हजार २९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले गुमाएका छन् भने नौं वटा समुहले कमाएका छन् । आज बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ४१ अंकले बढेर ११ सय ७५ दशमलव ३३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दशमलव १० अंकले बढेर १९ सय ४२ दशमलव २४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव २६ अंकले बढेर नौं हजार सात सय ९४ दशमलव ४५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७१ दशमलव ४७ अंकले बढेर नौं हजार छ सय दशमलव ७८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । होटल तथा पर्यटन, उत्पादमुलक, लघुवित्त र अन्य समुहको सुचक भने आज घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।