काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का काउन्सिल सदस्य एवम् कुशल बैंकर रामचन्द्र खनाल कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका छन् । आज बसेको संचालक समितिको बैठकले खनाललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि उनी कुमारी बैंक कै डेपुटी सीईओ थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नु अघि खनाल कुमारी बैंकको सीइओ थिए। कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि उनी बैंकको डेपुटी सीइओ भएका थिए भने एनसीसीका रमेशराज अर्याल सीइओ भएका थिए। रमेशराज अर्यालले राजिनामा दिएपछि कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त भएका हुन्।
वित्तीय क्षेत्रमा १० वर्षभन्दा लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । उनले यसअघि एनआईसी एसिया क्यापिटलको पनि सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
एनआईसी एसिया क्यापिटलबाट उनी कुमारी गएका थिए। यसबाहेक सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक लगायतमा सिनियर तहमा बसेर काम गरेको अनुभव पनि छ उनीसँग।