शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँच अंकले बढ्यो नेप्से

गुमाउने भन्दा कमाउने समुह धेरै

बुधबार, कार्तिक २२ २०८०

काठमाडौं- नेप्से बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज बुधबार पनि पाँच दशमलव १७ अंकले बढेर १८ सय ६३ दशमलव ९४ अंकमा चढेको छ भने सेन्सिटिभ शुन्य दशमलव २१ अंकले बढेर तीन सय ५८ दशमलव ४० अंकमा चढेको छ । दुई सय ८८ वटा कम्पनीहरुको ३० हजार तीन सय ६४ पटकको कारोबारमा ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा आठ वटा आठ वटा समुहको सुचक बढेको छ भने चार वटाको घटेको छ । सामुहिक लगानी कोष समुहको सुचक भने आज स्थिर देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ९९ अंकले बढेर ११ सय ७५ दशमलव ४७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि १२ दशमलव ६१ अंकले बढेर १९ सय ५२ दशमलव ६७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५० दशमलव ३२ अंकले बढेर नौं हजार आठ सय एक दशमव ९६ अंकमा पुगेकोमा फाईनान्स, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने १३ दशमलव ७५ अंकले घटेर तीन हजार पाँच सय ६२ दशमलव ७४ अंकमा पुगेको छ भने निर्जीवन बीमा होटल तथा पर्यटन र लगानी समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।