सबै सुचकहरु घटेर रातै
काठमाडौं- नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव ४६ अंकले घटेर १८ सय २६ दशमलव २३ अंकमा झरेको छ भने सेन्सिटिभ पाँच दशमलव ३६ अंकले घटेर तीन सय ५२ दशमलव ३९ अंकमा झरेको छ । दुई सय ८९ वटा कम्पनीहरुको ३९ हजार तीन सय २२ पटकको कारोबारमा ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक १८ दशमलव ७६ अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ८२ अंकले घटेर ११ सय ६३ दशमलव ६७ अंकमा पुगको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ५५ अंकले घटेर १९ सय सात दशमलव १० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव ३५ अंकले घटेर नौं हजार पाँच सय २४ दशमलव ८७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव १८ अंकले घटेर नौं हजार तीन सय ८७ दशमलव ४७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नबिल बैंकको संस्थापक सेयर परेको छ ।