दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
काठमाडौं- नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से १० दशमलव ८६ अंकले घटेर १८ सय ४७ दशमलव ७० अंकमा पुगेको पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ५७ दशमलव ७६ अंकमा पुगेको छ । दुई सय ८१ वटा कम्पनीहरुको ४५ हजार सात सय ७३ पटकको कारोबारमा ३७ लाख ४९ हजार नौं सय ५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ५० अंकले घटेर ११ सय ८१ दशमलव ४९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ५६ अंकले घटेर १९ सय २८ दशमलव ६६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ८० अंकले घटेर नौं हजार पाँच सय ९० दशमलव २२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ९० दशमलव ७६ अंकले घटेर नौं हजार चार सय ९९ दशमलव ६५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुुचक भने बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर परेको छ ।