पाँच अंकले घट्दा ८१ करोड २० लाखको कारोबार
काठमाडौं- अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज बुधबार पनि घटेको छ । नेप्से आज पाँच दशमलव ८३ अंकले घटेर १८ सय ५८ दशमलव ५६ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव ८३ अंकले घटेर तीन सय ५९ दशमलव ९५ अंकमा पुगेको छ । दुई सय ९६ वटा कम्पनीहरुको ७७ हजार आठ सय ७० पटकको कारोबारमा ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा लगानी समुहको सुुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २४ अंकले घटेर ११ सय ९१ दशमलव ९९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि नौं दशमलव २४ अंकले घटेर १९ सय ५० दशमलव २३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि ३८ दशमलव ९२ अंकले घटेर नौं हजार छ सय २८ दशमलव दुई अंकमा पुगेको छ भने नीर्जिवन बीमा समुहको सुचक पनि ३५ दशमलव ५२ अंकले घटेर नौं हजार पाँच सय ९० दशमलव ४१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।