गुमाउने भन्दा कमाउने समुह धेरै
काठमाडौं- अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने बढेको छ । नेप्से आज तीन दशमलव शुन्य चार अंकले बढेर १८ सय ७८ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव १८ अंकले बढेर तीन सय ६३ दशमलव १३ अंकमा चढेको छ । दुई सय ८७ वटा कम्पनीहरुको ३० हजार दुई सय ३७ पटकको कारोबारमा २८ लाख २४ हजार सात कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ रुपैंयाँ ३७ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ५८ अंकले बढेर १२ सय एक दशमलव १५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि चार दशमलव २० अंकले बढेर १९ सय ७४ दशमलव ९८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ८३ अंकले बढेर नौं हजार सात सय ९४ दशमलव ७३ अंकमा चढेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८३ दशमलव २१ अंकले बढेर नौं हजार छ सय ८४ दशमलव ४२ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् । होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहका सुचकहरु भने आज घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पञ्चकन्या माई हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने साधना लघुवित्त वित्तीय संस्थाको संस्थाफक सेयर पहिलो स्थानमा परेको छ ।