शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से राताम्मै

सुचक तथा कारोबार रकम दुबै घटे

आइतबार, कार्तिक १२ २०८०

काठमाडौं- नेप्से घटेर राताम्मै भएको छ । दशैंको बिदापछि खुलेको नेप्से आज २८ दशमलव १८ अंकले घटेर १८ सय ७५ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव १६ अंकले घटेर तीन सय ६१ दशमलव ९४ अंकमा पुगेको छ । दुई सय ८३ वटा कम्पनीहरुको ३४ हजार ९० पटकको कारोबारमा २७ लाख १२ हजार एक सय २३ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचकहरु घटेर सेयर बजार पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव चार अंकले घटेर १२ सय दशमलव ५७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २९ दशमलव २३ अंकले घटेर १९ सय ७० दशमलव ७८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दशमलव १२ अंकले घटेर नौं हजार सात सय ८१ दशमलव ८९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९२ दशमलव ७२ अंकले घटेर नौं हजार छ सय एक दशमलव २१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर सोलु हाईड्रो इलेक्ट्रीसिटी कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।