शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से राताम्मै

सोमबार, असोज २९ २०८०

काठमाडौं- नेप्से घटेर राताम्मै देखिएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से २३ दशमलव १६ अंकले घटेर १८ सय ५१ दशमलव ४३ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ३८ अंकले घटेर तीन सय ५५ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय ८४ वटा कम्पनीहरुको ६९ हजार आठ सय ३२ पटकको कारोबारमा ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव १० अंकले घटेर ११ सय ७४ दशमलव १७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ३८ अंकले घटेर १९ सय ५४ दशमलव एक अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय सात दशमलव ९१ अंकले घटेर नौं हजार सात सय चार दशमलव छ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुुचक पनि ८९ दशमलव ८३ अंकले घटेर नौं हजार छ सय १३ दशमलव शुन्य दुई अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग  समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।