आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्ष बने चन्देश्वर मण्डल

शुक्रबार, असोज २६ २०८०

जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् ।

उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो।