आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले सुदूरपश्चिममा उपाध्यक्षसहित तीन पदाधिकारी सर्वसम्मत

बिहिबार, असोज २५ २०८०

धनगढी । एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन् । उम्मेदवारी दिएका ६ जनामध्ये शाहीबाहेकका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनी बाजुराका हुन् ।

यसैगरी सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन् ।

सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन् । उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन् ।

यस अधि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए । अहिले अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउदको उम्मेदवारी परेको छ।

उपसचिवमा महिला तर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ । उनी हरु बिच पनि सहमतिको प्रयास भइरहेको छ ।