काठमाडौं- हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौलाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत परिसरलाई इन्स्टा ३६० चेस्ट स्ट्रपसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरिएको हो । बैैकका अनुसार यी सामान दुई लाख ६७ हजार पाँच सय रुपैंयाँ बराबरको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले सहयोग प्रदान गरेको जानकारी बैंकले दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेको थियो ।