तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए
काठमाडौं- नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पाँच दशमलव १६ अंकले बढेर १८ सय ९४ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ७७ अंकले बढेर तीन सय ६२ दशमलव शुन्य आठ अंकमा पुगेको छ । दुई सय ८६ वटा कम्पनीहरुको ५५ हजार एक सय ९७ पटकको कारोबारमा ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौं सय ८० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा निर्जीवन बीमा समुहको सुचक छ अंकले घटेको छ भने उत्पादनमुलक र ट्रेडिङ समुहको सुचक घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने शुन्य दशमलव ९५ अंकले बढेर ११ सय ९२ दशमलव २५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव १४ अंकले बढेर दुई हजार २६ दशमलव ६९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ६४ अंकले बढेर १० हजार ५३ दशमलव ३४ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हाथ्वे इन्भेष्टमेन्ट कम्पनी नैं पहिलो स्थानमा परेको छ ।