शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले गण्डकी प्रदेश नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा शर्मा र अधिकारीकाे उम्मेदवारी

बिहिबार, असोज १८ २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

सोमबारदेखि पोखरामा जारी अधिवेशनअन्तर्गत नेतृत्वका लागि दुई समूहबीच गुटगत उम्मेदवारी परेको छ।

अधिवेशनमा १६५ पदका लागि ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २७ जना निर्विरोध निर्वाचित भएका छ।

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन मण्डलले सार्वजनिक गरेको सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।

मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उठेका छन् । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । बिहान १० बजेदेखि निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन मण्डलले जनाएको छ।