बाँणिज्य बैंक बाहेक सबै समुहको सुचक हरियो
काठमाडौं- अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज नौं दशमलव २४ अंकले बढेर १९ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ५१ अंकले बढेर तीन सय ७४ दशमलव ९० अंकमा चढेको छ । दुई सय ८४ वटा कम्पनीहरुको ५८ हजार सात सय ४१ पटकको कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैंयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये बिकास बैंक समुहको सुचक २२ दशमलव ५५ अंकले बढेर तीन हजार सात सय ९१ दशमलव ४७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ८६ अंकले बढेर २१ सय ३५ दशमलव १९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ४८ अंकले बढेर १० हजार पाँच सय २१ दशमलव ९६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ८९ अंकले बढेर १० हजार तीन सय ५३ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मध्य भोटेकोशी जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।