शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओलीले संसदमा भने : यो गठबन्धन सरकार विकास विरोधी

मंगलबार, असोज १६ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार विकास विरोधी भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले वर्तमान सरकार विकास विरोधी भएको बताएका हुन् ।

साथै अध्यक्ष ओलीले वर्तमान सरकारले राजनीतिलाई अपराधीकरण गरिरहेको बताए । उनले सरकार अपराधी जोगाउन उद्धत भएको बताए । खुडाले काटीकाटी मान्छे मार्नेलाई सरकारले पुरस्कृत गरिरहेको बताए । गृहमन्त्रीप्रति आक्रोशित हुँदै अध्यक्ष ओलीले सुन तस्करीको छानविनमा असन्तुष्टि व्यक्त गरे ।

सरकार संविधान विरोधी, जनहित विरुद्ध काम गरिरहेको उनको आरोप थियो ।