महोत्तरी । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट अन्तिम चरणमा छ ।
प्रतिनिधि चयनका लागि आज सोमबारलाई तोकिएको निर्वाचन परिणाम धमाधम प्राप्त भइरहेका सो दलको प्रदेश प्रचार तथा सूचना विभागले जनाएको छ ।
प्रदेशका आठवटा जिल्लाका १३६ स्थानीयतहलाई निर्वाचन इकाई तोकिएको छ । पार्टी सदस्य सङ्ख्याका आधारमा चयन हुने प्रतिनिधि सङ्ख्या एक हजार २५ हुने विभागका प्रमुख सोम शर्माले जानकारी दिए।
‘प्रदेश विभाग र जनसङ्गठनबाट प्रतिनिधिका नाम आइसकेका छन्’ शर्माले भने, ‘त्यसैगरी भूगोल ९स्थानीय तह० बाट छानिएका प्रतिनिधिको नाम पनि प्राप्त भईरहेका छन् । ‘अहिलेसम्म १३६ स्थानीय तहमध्ये ९२ बाट प्रतिनिधिको नाम प्राप्त भएको विभागले जनाएको छ ।
भूगोलबाट छानिने प्रतिनिधिमा ७० प्रतिशत सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमअनुसार मतदान भएका ठाउँको मतगणना परिणाम मङ्गलबार बिहानसम्म आइ सक्ने शर्माले जानकारी दिए ।
एमालेको प्रथम मधेश अधिवेशन यही असोज २४/२५ गते जनकपुरधाममा हुँदैछ ।