काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक पनि बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै बिहान ११ बजे बस्ने गरी सात दलको बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीबीच आइतबार बिहान बालुवाटारमा छलफल भएको थियो । सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय समिति गठन लगायत विषयमा उनीहरुबीच छलफल भएको थियो ।
उक्त छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले सचेतक महेश बर्तौलासमेत सहभागी थिए । सचेतक बर्तौलाका अनुसार छलफलमा आजै जाँझबुझ आयोग बनाउने गरीको सहमति भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएको थियो।
सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान टुंग्याएपछि आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो।