शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अर्थमन्त्रीको कार्यशैलीप्रति कांग्रेस केन्द्रिय समिति बैठकमा असन्तुष्टि

आइतबार, असोज ७ २०८०

काठमाडौं । सरकारमा सहभागी मन्त्रीको पफर्मेन्सलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा असन्तुष्टि व्यक्त भएको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसकै अर्थमन्त्री हुँदा देश आर्थिक संकटमा पर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा पौडेलले अर्थतन्त्रमाथि संकट आउँदा पनि कांग्रेसले निकास दिन नसकेको बताए ।

बैठकमा केन्द्रीय सदस्य पौडेलले भने, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’

उनले भने, ‘हामी आर्थिकरूपमा कमजोर अवस्थामा पुगेका छौं । रेमिटेन्स हेरी समस्या छैन भनेर ढुक्क नबनौं । बैंकमा चार खर्ब पैसा थुप्रिएको छ । तर, अथाह पैसा भए पनि बजारमा किन आउँदैन ? अर्थमन्त्री हाम्रो हुनुहुन्छ, तर आर्थिक संकट छ । यसमा हामीले जवाफ दिनुपर्छ,’ ‘३५ प्रतिशत सटर बन्द छन् । एक बोरा चामलमा ३ सय रुपैयाँ बढेको छ, यसैले हामी जवाफदेही र जिम्मेवार हुनैपर्छ ।’