काठमाडौं- साताको पहिलो दिन आईतबार नैं नेप्से घटेर राताम्मै देखिएको छ । नेप्से आज ४२ दशमलव १४ अंकले घटेर १९ सय ६४ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ आठ दशमलव १२ अंकले घटेर तीन सय ७८ दशमलव ६८ अंकमा झरेको छ । दुई सय ७८ वटा कम्पनीहरुको ७२ हजार चार सय ७७ पटकको कारोबारमा ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा कारोबार हुँदा सबै समुहको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव २३ अंकले घटेको छ भने बिकास बैंक समुहको सुचक ९८ दशमलव ९६, फाईनान्स समुहको सुचक ५७ दशमलव २३ अंकले घटेको छ । जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव ९८ अंकले घट्दा जीवन बीमा समुहको सुचक तीन सय २७ दशमलव ७९ अंकले घटेको छ । निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ७७ दशमलव ९५ अंकले घट्दा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुलुङ हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक परेको छ ।