काठमाडौं । सानो बच्चालाई गालामा, मुखमा वा शरीरको अन्य कुनै भागमा चुम्बन गर्नु कतिपय अवस्थामा खतरनाक हुन सक्छ ।
बच्चालाई चुम्बन गर्दा हाम्रो छाला बच्चाको छालासँग टाँसिन्छ जसले गर्दा हामीमा भएका क्यामिकल तथा छालाका किटाणु उनीहरुको छालामा प्रवेश गर्छन् । जसले गर्दा छाला सम्बन्धी समस्या तथा एलर्जी देखिन सक्छ ।
जब हामी बच्चालाई चुम्बन गर्छौं हाम्रो मुखको सलाइवा बच्चाको मुखमा जान सक्छ, जसले गर्दा उसलाई किसिंग डिजीज हुन सक्छ । यो विमारीलाई मेडिकल भाषामा मोनोन्यूक्लिओसिस पनि भनिन्छ । यस विमारीका कारण बच्चामा चिडचिडापन, नाक बगिरहने, स्वाससँग जोडिएको समस्या हुन सक्छ ।
किटाणु सधैं शारीरिक सम्पर्कबाट फैलिने गर्दछ । बच्चाको शरीर झन् एकदमै सम्वेदनशील हुन्छ र उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ ।
यस्तोमा किटाणुले उनीहरुलाई छिटो आक्रमण गर्दछ । त्यसैले बच्चालाई आफ्नो माया गर्ने तरिका परिवर्तन गर्नुपर्छ । उनीहरुलाई बिनाकारण छुनबाट बच्नु पर्दछ ।
ठूला व्यक्तिहरुमा सामान्य रुघाखोकी तथा फ्लु सामान्य हो । तर साना बच्चाका लागि यो एकदमै खतरनाक पनि हुन सक्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता एकदमै कम हुन्छ ।
त्यसैले बिनाकारण माया लाग्यो भन्दैमा उनीहरुलाई चुम्बन गर्नु एकदमै गलत कुरा हो । जसले उनीहरुलाई छिटै रुघाखोकी तथा विभिन्न मौसमी रोग छिटो सर्ने गर्दछ ।
ईबीवी एउटा यस्तो भाइरस हो जो चुम्बन गर्दा फैलने गर्दछ । यो भाइरसको एउटा साह्रै नराम्रो विशेषता के छ भने, यो एकपटक शरीरमा प्रवेश गर्यो भने जीवनभर रहिरहन्छ ।
-एजेन्सीको सहयोगमा