शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा पुन हरियाली,३९ अंकले बढ्दा एक अर्ब ४९ करोडको सेयर कारोबार

बुधबार, भाद्र २७ २०८०

काठमाडौं- नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव शुन्य छ अंकमा चढेको छ भने सेन्सिटिभ सात दशमलव ६६ अंकले बढेर तीन सय ८६ दशमलव ८१ अंकमा चढेको छ । दुई सय ७५ वटा कम्पनीहरुको ३६ हजार ४५ पटकको कारोबारमा ५१ लाख ४४ हजार सात सय २४ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौं सय पाँच रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ५६ अंकले बढेर १२ सय ७६ दशमलव ८५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव ३९ अंकले बढेर दुई हजार ३८ दशमलव ३९ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७३ दशमलव ४५ अंकले बढेर ११ हजार २५ दशमलव ६१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४० दशमलव ७८ अंकले बढेर १० हजार सात सय १६ दशमलव ४३ अंकमा चढेको छ । बिकास बैक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।