काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।
पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो ।
जारी बैठकमा बैठकमा संसदीय दलका उपनेता नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।
सरकारले भने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।