काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् ।
उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए। “ आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ”, उनले भने, “मैले आत्मीय मित्र गुमाएको छु”, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन् ।
संविधानसभाका अध्यक्ष,पूर्व सभामुख ,एमालेका उपाध्यक्ष सुवास नेम्बांगको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु। आॅखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्बांगको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ; मैले आत्मीय मित्र गुमाएको छु।उहाॅप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र… pic.twitter.com/iQeIFyliME
— Baburam Bhattarai (@brb1954) September 12, 2023