जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । सांसद यादवको आज बिहान निधन भएको हो ।
महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
सांसद यादवको निधनमा जसपाका नेताहरूले दुःख व्यक्त गरेका छन् ।