शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा हरियाली : सुचक तथा कारोबार रकम दुबै बढ्यो

सोमबार, भाद्र २५ २०८०

काठमाडौं- नेप्सेमा हरियाली देखिएको छ । साताको दोस्रो दिन आज सोमबार नेप्से ४४ दशमलव ३० अंकले बढेर १९ सय ८६ दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ सात दशमलव ७३ अंकले बढेर तीन सय ८१ दशमलव ६४ अंकमा चढेको छ । दुई सय ७८ वटा कम्पनीहरुको ३७ हजार सात सय ९९ पटकको कारोबारमा ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ भने आज कुल कारोबार रकम एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहरुको सेयर कारोबार हुंँदा सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव ४४ अंकले बढेर १२ सय ६९ दशमलव ७६ अंकमा पुगेको पुग्दा जलबिद्युत समुहको सुचकम पनि ५८ दशमलव सात अंकले बढेर १९ सय ९८ दशमलव २७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय चार दशमलव ५६ अंकले बढेर १० हजार आठ सय ६० दशमलव ४५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ९७ दशमलव ७२ अंकले बढेर १० हजार छ सय २५ दशमलव शुन्य चार अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ लगानी बृद्धि योजना २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ ।