काठमाडौं । सुन तस्करी प्रकरण बढीरहेका बेला सरकारले सुनको दैनिक आयात कोटा बढाउने तयारी गरेको छ ।
सरकारले दैनिक थप १० किलो सुन आयात कोटा बढाउन लागेको हो ।
चाडबाडलाई दृष्टिगत गरी दैनिक आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याउन लागिएको स्रोतले बतायो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा भदौ १५ मा बसेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले कोटा बढाउने निर्णय भएको हो ।
कोटा बढाउनकै लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाइसकेको छ ।
सुन आयात निरुत्साहित गर्न सरकारले आयातमा कोटा प्रणाली लागु गरेको छ । सुन आयातको आवश्यकताअनुसार सरकारले कोटा थपघट गर्दै आएको छ । हाल दैनिक आयात कोटा १० किलो छ ।