जलबिद्युत बाहेक सबै समुहले कमाए
काडमाडौं- नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १० दशमलव २३ अंकले बढेर १९ सय ४२ दशमलव २६ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ३२ अंकले बढेर तीन सय ७३ दशमलव ९० अंकमा चढेको छ । दुई सय ७६ वटा कम्पनीहरुको ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जलबिद्युत समुहको सुचक दुई दशमलव ८५ अंकले घटेर पनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव शुन्य तीन अंकले बढेर १२ सय ४५ दशमलव ३१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५१ अंकले बढेर १० हजार पाँच सय ५५ दशमलव ८८ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ८९ अंकले बढेर १० हजार तीन सय २७ दशमलव ३१ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ ।