शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी हेटौंडा नगर अध्यक्ष पाण्डे एमाले प्रवेश

बिहिबार, भाद्र २१ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

बुधबार दिउँसो भक्तपुरस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे एमालेमा प्रवेश गरेकी हुन् ।
उनलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पाण्डेलाई एमाले सचेतक महेश वर्तौलालगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताइन्। उनले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताइन् ।