शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै तीन अंकले घट्यो नेप्से

दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

बुधबार, भाद्र १३ २०८०

काठमाडौं – साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से घटेको छ । नेप्से आज दुई दशमलव ८२ अंकले घटेर एक हजार नौं सय ९० दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव १३ अंकले घटेर तीन सय ८१ दशमलव ७१ अंकमा झरेको छ । दुई सय ७६ वटा कम्पनीहरुको ३२ हजार दुई सय ९८ पटकको कारोबारमा ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर किनबेच भएकोमा आज कारोबार रकम एक अर्ब १३ करोड आठ हजार ४१ रुपैंयाँ १५ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेर ११ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ८३ अंकले घटेर १२ सय ६२ दशमलव ८० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ४३ अंकले घटेर दुई हजार ३७ दशमलव ७१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ३२ अंकले घटेर १० हजार नौं सय दशमलव २६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ९३ अंकले घटेर १० हजार छ सय १८ दशमलव ४९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् । होटल तथा पर्यटन र ट्रेडिङ समुहको सुचक भने आज बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ इक्विmटी फण्ड परेको छ । कारोबार भएका कुल कम्पनीहरु मध्ये आज माछापुच्छ्रे बैंकको सबै भन्दा बढी रकम कारोबार भएको छ ।