शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आफ्नो पहिचानको कुरा गर्दा अरुको आस्थामा खलल पुर्‍याउन पाइँदैन : प्रधानमन्त्री

मंगलबार, भाद्र १२ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।

साथै उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसम्ममा १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।