शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आरजु राणासहित कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका चार उम्मेदवार

आइतबार, भाद्र १० २०८०

काठमाडौं । संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ ।

सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा देउवा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।