काठमाडौं – अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा आज बिहिबार भने भिषण पहिरो गएको छ । नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ अंकमा झरेको छ भने सेन्सिटिभ चार दशमलव ७२ अंकले घटेर तीन सय ८५ दशमलव ५६ अंकमा झरेको छ । दुई सय ७५ वटा कम्पनीहरुको ४० हजार आठ सय पटकको कारोबारमा ४६ लाख ५७ हजार एक सय ३७ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम एक अर्ब ५५ करोड पाँच लाख ८२ हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव २९ अंकले घटेर १२ सय ६९ दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५३ दशमलव ८६ अंकले घटेर दुई हजार ९३ दशमलव २३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४२ दशमलव ३९ अंकले घटेर ११ हजार ३९ दशमलव ९१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव ९३ अंकले घटेर १० हजार सात सय ३१ दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखरी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुलुङ हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ ।