शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिंहदरबारमा सर्वदलीय बैठक जारी

बुधबार, भाद्र ६ २०८०

काठमाडौं । सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् ।

यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

मंगलबार नै मस्यौता बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो । जारी बैठकमा पेस गरिनेछ ।