काठमाडौं – नेप्से घटेर राताम्मै देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव ९९ अंकले घटेर दुई हजार ११ दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव २५ अंकले घटेर तीन सय ८४ दशमलव १२ अंकमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीहरुको ४३ हजार तीन सय ४६ पटकको कारोबारमा ४४ लाख ५९ हजार चार सय ५९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौं सय ४२ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ६० अंकले घटेर १२ सय ७० दशमलव ५० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ११ अंकले घटेर दुई हजार ८४ दशमलव ८५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ९० अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७२ दशमलव ७३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्र्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कृषि बिकास बैंक ऋणप २०८३ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।