शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज समाजवादी मोर्चाको बैठक बस्ने

आइतबार, भाद्र ३ २०८०

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज साँझ ६ बजेका लागि बैठक बोलाईएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरे पछि सो गठबन्धनमा आबद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुँदै आएको छ  ।

साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल माथी छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो ।

यसअघि तय भएको बैठक बिभिन्न कारणले सर्दै आएको थियो ।