शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा हरियाली : आठ अंकले बढ्दा एक अर्ब ५४ करोडको कारोबार

बिहिबार, साउन ३२ २०८०

काठमाडौं – नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार आठ दशमलव शुन्य एक अंकले बढेर दुई हजार ३३ दशमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव शुन्य आठ अंकले बढेर तीन सय ८७ दशमलव ३८ अंकमा पुगेको छ । दुई सय ७१ वटा कम्पनीहरुको ४३ हजार पाँच सय ९१ पटकको कारोबारमा ४० लाख नौं हजार दुई सय ६३ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ५४ करोड १३ लाख ६७ हजार तीन सय ९८ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेको छ भने बाँकी १२ वटा समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव १८ अंकले बढेर १२ सय ७४ दशमलव १० अंकमा अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि आठ दशमलव १६ अंकले बढेर २१ सय ३४ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९० दशमलव १८ अंकले बढेर ११ हजार एक सय ७५ दशमलव ११ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ५३ अंकले बढेर १० हजार आठ सय ४३ दशमलव शुन्य तीन अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ लगानी बृद्धि योजना २ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ ।