शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले कार्यक्रममा नेताहरुलाई आसन ग्रहण नगराउने

बिहिबार, साउन ३२ २०८०

काठमाडौं । नेकपा एमालेले अब पार्टीको कार्यक्रमा आसन ग्रहण नगराउने भएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको हो ।

बुधबार नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्णय गरिसकेको भए पनि सर्कुलर आउन बाँकी रहेको बताए ।

उनले यसले एमालेलाई मात्रै नभएर सबैलाई सजिलो हुने बताए । उनले अब कार्यक्रममा व्याज र खादाको प्रवृत्ति पनि अन्त्य गर्नुपर्ने बताए ।

पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।

यस्तै कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ ।