काठमाडौं – थापाथलीस्थित ब्लुबर्ड मार्गमा रहेको ऐना युनिसेक्स सलुनले आफ्नो दोस्रो वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । छोटो समयमा नै ग्राहका सामु आफ्ना फराकिलो पहिँचान बनाउन सफल सलुन दोलखाकी खुसी पाठकले सञ्चालन गर्दै आएकी छिन् । अमेरिकाबाट फर्किए लगतै पाठकले सञ्चालनमा लयाएको सलुनले दोस्रो वार्षिकोत्सव सुसम्पन्न भै तेस्रो वर्षमा प्रवेश गरेको छ ।
ऐनाको वार्षिकोत्सवमा कलाकार दीपाश्री निरौँला, मदनदास श्रेष्ठ, निर्मल शर्मा लगायतको उपस्थिती थियो। दीपाश्री निरौलाले वार्षिकोत्सवमा बोल्दै थुप्रै युवाहरुले देश छोड्ने सपना सहित परदेश जाने सपना देखिरहेका बेला अमेरिका पुगेर पनि आफ्नै देशमा केही गरौं भन्ने सोच बोकेर आएकी खुशीको व्यवसाय लोकप्रिय हुँदै जाओस्। आफू छोरीहरुको प्रगतिका लागि जस्तो अवस्थामा पनि उभिने बताइन्।
सलुनको दोस्रो वार्षिकोत्सवमा बोल्दै पाठकले आफू जस्तै देश छोडेर हिँडेका युवालाई स्वदेश फर्किएर केही गर्नका लागि उत्प्रेरणा मिलोस् भनेर सलुन सञ्चालन सुरु गरेको बताइन्।
ऐना युनिसेक्स सलुनकी फाउण्डर खुसी पाठकले सलुनको दुई वर्षे यात्रालाई हेर्दा आफू केही सफल भएको बताइन्। भनिन्, ‘म मेरो व्यवसायमा सलुनमा काम गर्ने साथीहरुका कारण सफल छु। तथापी व्यवसाय बिस्तारका लागि हाम्रो संघर्ष जारी छ।’
खुशीले वार्षिकोत्सव मनाइरहँदा आफ्नो सलुनमा आउने ग्राहकलाई पनि सम्झना गरिन्। भनिन्, ‘टाढा–टाढाबाट ग्राहकहरु आउनुहुन्छ, एकपटक आएपछि उहाँहरु हामीलाई सम्झिएर पटक पटक आउनुहुन्छ। उहाँहरुको मायाले गर्दा नै म आज दोस्रो वार्षिकोत्सव मनाउन सफल भएकी छु।’