काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलमा कार्यरत केही कर्मचारीहरु नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा पक्राउ परेका छन् । ति कर्मचारीहरुलाई नेपाल प्रहरी अन्तर्गतको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) सहितका विभिन्न युनिटहरुले पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीहरुप्रति प्रहरीले अनुसन्धान जारी राखेको छ । अझैं पनि केही कर्मचारीहरु नक्कली शैक्षिक प्रमाणपत्र कै अभियोगमा पक्राउ पर्न बाँकी रहेको र ति कर्मचारीहरुमाथि प्रहरीले शुक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ ।
बैंक निकट श्रोतका अनुसार सिटिजन्स बैंकमा कार्यरत मनिसा मास्के, दिपेश कुमार झा, शुसान्त शर्मा, सुनिता भुषाल, गोमा पौड्याल ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, दिपक बिष्ट, चेत बहादुर थापा र खिमानन्द गौतम सहितका केही कर्मचारीहरु पक्राउ परेका हुन । पक्राउ परेका मध्ये मास्केको बिकमको सर्टिर्फिकेट युनिर्भसिटी अफ दिल्लीको, झाको सर्टिफिकेट आईसी युनिभर्सिटी हिमाञ्चल प्रदेशको, शर्माको चौधरी चरणसिङ युनिभर्सिटी, पौड्यालको डिडियु गोरखपुर, खत्रीको युनिभर्सिटी अफ दिल्ली, रेग्मीको युनिभर्सिटी अफ दिल्ली, बिष्टको ग्वाटी युनिभर्सिटी, थापाको डिडियु गोरखपुर र गौत्तमको युनिभर्सिटी अफ दिल्लीबाट जारी गरिएको शैक्षिक प्रमाणपत्र रहेको छ । प्रहरी अनुसन्धानको क्रममा यि सबैको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टिभएपछि प्रहरीले ति व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये धेरै व्यक्तिहरु सिटिजन्स बैंकमा कार्यरत कर्मचारीहरु रहेका छन् ।
संस्थागत सुशासन र पारर्दशिताको पाठ सिक्ने सिटिजन्स बैंकभित्र यतिधेरै काण्ड हुँदा समेत नियमनकारी निकाय नेपाल राष्ट्र बैंक मौन बसेको छ । बैंकभित्र यि बाहेक धेरै बेथितीहरु रहेका छन् । ति बेथितीहरु समयसंगै छताछुल्ल हुने क्रममा रहेका छन् । तर राष्ट्र बैंकले यि सबै घटनाको बावजुत पनि सिटिजन्स बैंकप्रति नरम हुनुले राष्ट्र बैंक र सिटिजन्स बैंकका उच्च अधिकारीबिचमा केही साँठगाँठ हुन सक्ने आशंका उब्जिएको छ । सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको रबैयाकै कारण बैंकभित्र बेथिती बढेको जानकारहरुले बताएका छन् ।