बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१४ अंकले बढ्यो नेप्से : चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमााए

आइतबार, साउन २८ २०८०

काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । आज आईतबार नेप्से १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा पुग्दा सेन्सिटिभ तीन दशमलव ९१ अंकले बढेर तीन सय ९८ दशमलव शुन्य सात अंकमा चढेको छ । दुई सय ७१ वटा कम्पनीहरुको ९५ हजार नौं सय ६५ पटकको कारोबारमा ९७ लाख १८ हजार सात सय ५४ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले गुमाएका छन् भने नौं वटा समुहले कमाएका छन् । ति मध्ये फाईनान्स समुहको सुचक एक दशमलव ३० अंकले घटेर १७ सय ८१ दशमलव ४० अंकमा पुगेको छ भने लघुवित्त, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव ६१ अंकले बढेर १२ सय ८५ दशमलव ४३ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव १३ अंकले बढेर ११ हजार तीन् सय ९६ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४२ दशमलव ५७ अंकले बढेर ११ हजार एक सय ७१ दशमलव ४४ अंकमा पुगेकोमा जलबिद्युत, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा थ्रि स्टार हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घोराही सिमेन्ट परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा घोराही सिमेन्ट इण्डष्ट्रीज लिमिटेड परेको छ ।