शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा

आइतबार, साउन २८ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर शनिबार पूर्ववत् पार्टी नेकपा (एमाले) मा फर्किएकी छन् ।।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका थिए। तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुन् ।

सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए। एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।