शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

बिहिबार, साउन २५ २०८०

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बोलाइएको छ ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् ।

देउवा निवासमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।