शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालुवाटारमा प्रधानमन्त्रीले गरे देउवा र ओलीसँग छलफल

बुधबार, साउन २४ २०८०

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्षनेताहरु छलफलमा जुटेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ ।

विगतमा सामुहिक भेट्दै आएका प्रधानमन्त्री प्रचण्डले बुधबार छुट्टाछुट्टै भेटेका छन् ।

डेढ क्विन्टल सुन तस्करी प्रकरणमा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

बुधबबार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ ।