काठमाडौं । काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको छ ।
वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । रातभरिको अविरल वर्षासँगै काठमाडौंका खोलामा पानीको सतह बढेको छ । सामाखुशी, कपन एरिया डुबानमा परेको छ ।
काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।
वर्षापछि विष्णुमती खोलामा पानीको बहाव बढेसँगै खोला सडकमाथि तथा सडक छेउका घरमा पनि पसेको छ ।
सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।
हेर्नुहोस तस्वीर