काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा गएका छन् ।
ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल युरोपतिर लागेका हुन्।
पूर्वप्रधानमन्त्री नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज विहान ७:३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन् ।
हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा आफू जानकार रहेको उनको सचिवालयले जनाएको छ। सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा अध्यक्ष नेपालको दृढ मान्यता रहेको सचिवालयले भनेको छ ।
उनी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।