मकवानपु । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु स्थित बागमती खोलामा माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने स्थानमा एक किशोरीको शव फेला परेको छ ।
नाम थर वतन नखुलेको मंगोलियन अनुहारकी अन्दाजी १७ वर्षीया किशोरीको शव आज बिहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी सिस्नेरीबाट खटेको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेको र मुचुल्का तथा थप अनुसन्धान कार्यको लागि ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको छ ।
माण्डु हाईड्रोपावर भएको स्थान सिस्नेरीबाट अन्दाजी ४ किमि र ईलाका प्रहरी कार्यालय भीमफेदीबाट अन्दाजी ३० किमि पूर्वमा रहेको छ ।