शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नौं अंकले बढ्यो नेप्से

तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

बुधबार, साउन १७ २०८०

काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार नौं दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ५६ अंकले बढेर तीन सय ९८ दशमलव २८ अंकमा चढेको छ । दुई सय ६९ वटा कम्पनीहरुको ३५ हजार आठ सय ३५ पटकको कारोबारमा ९३ लाख ६१ हजार सात सय ८६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा जलबिद्युत समुहको सुचक पाँच दशमलव ६८ अंकले घटेर २२ सय ६९ दशमलव ८९ अंकमा झरेको छ भने लघुवित्त र टे«डिङ समुहको सुचक पनि घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १० दशमलव ५१ अंकले बढेर एक हजार तीन सय एक दशमलव ६३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ८१ अंकले बढेर ११ हजार तीन सय ११ दशमलव ९१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुुचक पनि ६५ दशमलव ४४ अंकले बढेर १० हजार आठ सय ६७ दशमलव १५ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरबीबी म्युचुअल फण्ड १ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रभु स्मार्ट फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।