शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बुधबार, साउन १७ २०८०

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका–३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।